दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

दमौली, जेठ १०- दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यास नगरपालिका ले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ। साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ। तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
Read More
सुनको मूल्य २ हजार ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य २ हजार ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, जेठ -१० आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

काठमाडौं ,जेठ -१० नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ । उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् ।
Read More
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित

बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित

नेपालगञ्ज, जेठ ९ – बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको छ । यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उहाँले बताउनुभयो । मौसम विभागका प्रमुख…
Read More
आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

चितवन,जेठ ९- पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्‍याएर विरोध र्‍याली आयोजना गर्न लागेको हो। आइतबार अपराह्न ४ः३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त र्‍याली लायन्स चोकसम्म पुग्नेछ। यस आन्दोलनको नेतृत्व बिशु लामा गुरुङले गरेको गरी खान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको ढुङ्गानाको भनाइ छ। उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल,…
Read More
अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेतः तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेतः तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

आकांक्षा धामी, काठमाडौं, जेठ ९ डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ लिएपछि नेपाली अर्थतन्त्रमा ‘नयाँ शैली’ को अपेक्षा अचानक बढ्यो । अर्थशास्त्री, पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष र सार्वजनिक नीतिका जानकारका रूपमा बनाएको छविले उनलाई परम्परागत अर्थमन्त्रीभन्दा फरक सोच्नु अस्वभाविक पनि होइन् । तर सरकारको नेतृत्व, कमजोर राजस्व, सुस्त पुँजीगत खर्च र राजनीतिक दबाबबीच डेढ महिनाको अवधिमा उनले गरेका कामलाई हेर्दा एउटा मिश्रित तस्वीर देखिन्छ । जसमा सुधारका संकेत पनि छन्, तर ठोस परिणाम अझै परीक्षणकै चरणमा छन् । पदभार सम्हाल्नेबित्तिकै वाग्लेले अर्थ मन्त्रालयभित्र प्रशासनिक सुधार, बजेट अनुशासन र नीतिगत पुनरावलोकनलाई प्राथमिकतामा राखे । मन्त्रालयभित्र ‘मेरिट बेस्ड’ कार्यशैली, कर्मचारी…
Read More
नाराणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

नाराणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौँ, जेठ ९- नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो । पैतीस रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको सभाहल र चमेनागृह सञ्चालनमा ल्याउन महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले निर्देशन दिएको छ । नारायणहिटी सङ्ग्रहालय परिसरभित्र सभाहल र चमेनागृहसँगै भूमिगत पार्किङ, सहिदस्तम्भ, नेपालको वस्तुस्थिति नक्सा र चार स्तम्भ रहेका छन् । नारायणहिटीको सङ्ग्रहालय र गणतन्त्र स्मारकलाई…
Read More
चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ वेपत्ता

चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ वेपत्ता

बेइजिङ, जेठ ९ – उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो । विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ । स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै वेपत्ता रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ । राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“…
Read More
कोइराला निवास पुगेर गगन थापाले भने– अनुहार मन पर्दैन भने भन्नु केही छैन

कोइराला निवास पुगेर गगन थापाले भने– अनुहार मन पर्दैन भने भन्नु केही छैन

विराटनगर जेठ -९ , नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नविकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए । ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’,उनले भने,‘ त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा…
Read More
संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

काठमाडौं ८ जेठ, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ । सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७…
Read More