रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा

रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा

रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा

रत्ननगर । चितवनकाे रत्ननगरमा भाेली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे छ ।  पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियाेगिताकाे रत्ननगरका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने छन् । खेल भाेली विहान साढे ७ बजे उद्घाटन हुनेछ । राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए । राष्ट्रियस्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी…
Read More
चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन,३१ भदौ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको छ । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिनुभयो । उहाँले वार्षिक छ टन मह उत्पादन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिनुभयो । यसबाट…
Read More
आज मुस्लिम धर्मावलम्बीको लागि सार्वजनिक बिदा

आज मुस्लिम धर्मावलम्बीको लागि सार्वजनिक बिदा

चितवन,३१ भदौ । सरकारले आज (सोमवार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो । मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
Read More
थप सक्रिय बन्यो मनसुनी वायु, यी पाँच प्रदेशमा आज भारी वर्षा हुने

थप सक्रिय बन्यो मनसुनी वायु, यी पाँच प्रदेशमा आज भारी वर्षा हुने

काठमाडौं,३१ भदौ । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनी वायु थप सक्रिय हुँदा यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका…
Read More
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं,३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ। सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा…
Read More
झोलुङ्गे पुल तर्दै पहिलो पटक सुस्ता पुग्यो बिजुली

झोलुङ्गे पुल तर्दै पहिलो पटक सुस्ता पुग्यो बिजुली

काठमाडौं, ३१ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नारायणी नदीमा निर्माण गरिएको एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ता बस्तीमा विद्युत् पुर्‍याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । एक करोड ३३ लाख रुपियाँ अनुमानित लागतमा यहाँ विद्युतीकरण गरिएको हो । प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब पाँच…
Read More
उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्र्नेमा जोड दिनुभयो । उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने ‘अपार्टमेन्ट’हरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास…
Read More
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

‍काठमाडौं,३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने तय भएको हो ।
Read More
भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता

भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता

टीकापुर,३०  भदौ । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् । रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र छलफल गरेका छन् । रावलका कुरा सुन्न एमालेका अगुवा कार्यकर्ताहरू जम्मा हुन थालेका छन् । छलफलमा एमालेका प्रदेश, जिल्ला, गाउँ तथा नगर र वडाको जिम्मेवारीमा रहेका अगुवा कार्यकर्ताले अब नयाँ पार्टी बनाएर अघि नबढ्न पनि सुझाएका छन् । अर्को थरीले कुनै पार्टीमा…
Read More
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौ,३० भदौ । सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो । यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
Read More