अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

इलाम,१० कात्तिक । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो । “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।” कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको…
Read More
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाएः माओवादी नेता तामाङ

रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाएः माओवादी नेता तामाङ

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेर कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले बताएका छन् । शनिवार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी नभएको बताए । उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस…
Read More
चितवन आउँदै गरेको भ्यान धादिङको थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते

चितवन आउँदै गरेको भ्यान धादिङको थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते

चितवन,९ कात्तिक । काठमाडौंबाट चितवनको कुरिनटार आउँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन । तर…
Read More
बालुवाटारमा सत्ता साझेदार दलको बैठक

बालुवाटारमा सत्ता साझेदार दलको बैठक

काठमाडौँ, ९ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ । बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।
Read More
चितवनमा भएको म्याराथन प्रतियोगितामा आर्मीका सञ्जय प्रथम

चितवनमा भएको म्याराथन प्रतियोगितामा आर्मीका सञ्जय प्रथम

चितवन, ९  कात्तिक। जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ । रोटरी क्लब अफ चितवनले आज आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो । पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका गोरखा स्थायी घर भएका श्रेष्ठले निर्धारित दुरी ४५ मिनेट १६ सेकेण्डमा पुरा गरे । त्यस्तै मेलम्ची स्थायी घर भएका एपीएफका राजेन्द्र तामाङ द्धितीय भएका छन् । उनले ४५ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । ४५ मिनेट २५ सेकेण्डमा निर्धारित…
Read More
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

वासिङ्टन डीसी,९  कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुक्क भएर नेपालमा सूचना र प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्। अमेरिकी उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको छलफलमा मन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको आकर्षक प्रतिफल प्राप्त हुने बताए। उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा समेत लगानी गरेर लाभ लिन अनुरोध गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गरे। छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
Read More
विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

काठमाडौं,९ कात्तिक । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो। प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो। ​उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारण स्रोतले जनायो। घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, ​घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको एक व्यापारीले जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले…
Read More
धान भित्र्याएर फुर्सदिला बनेका थारु मुसा मार्न व्यस्त

धान भित्र्याएर फुर्सदिला बनेका थारु मुसा मार्न व्यस्त

कञ्चनपुर, ९ कात्तिक । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्न निकै निपुण छन्। उनी बिल (दुलो) हेरेर नै त्यहाँमुसा भए/नभएकोपत्ता लगाउँछन्। मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्। धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन्। फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन्। उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन्। राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन्। साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्किन्छन्।उनीहरू मुसा मारेर त्यसबाट चटनी, टिना ९तरकारी०, पकुवा ९ओगोमा पोलेको० लगायत परिकार बनाएर खान्छन्। पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो। ‘मुसाको परिकार…
Read More
आज २०८१ साल कात्तिक ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन,९ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कामको योजना बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्य अघि बढ्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे,…
Read More
कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

काठमाडौैँ, ८ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ठकुरीेले भन्नुभयो, “राष्ट्रपतिज्यूको नेतृत्वमा कोप–२९ सम्मेलनमा उच्चस्तरीय र प्रभावकारी सहभागिता जनाउनका लागि सोहीअनुसारको तयारी गरिरहेका छौँ ।” यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त…
Read More