चितवनको भरतपुरसहित देशका पाँच ठाउँको वायुस्तर खराब

चितवनको भरतपुरसहित देशका पाँच ठाउँको वायुस्तर खराब

चितवनको भरतपुरसहित देशका पाँच ठाउँको वायुस्तर खराब

काठमाडौं, १५ कात्तिक । चितवनको भरतपुरसहित देशका विभिन्न पाँच स्थानमा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा ८ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, चितवनको भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ । सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा ८ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ । यही समयमा बुधबार १२० एक्यूआई थियो । त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ । एक्यूआईले हावामा…
Read More
चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने, राजनीतिक विषय उठाउन नपाइने

चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने, राजनीतिक विषय उठाउन नपाइने

चितवन,१५  कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने प्रशासनले जनाएको छ । कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ । मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी…
Read More
महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

काठमाडौं,१५ कात्तिक । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।
Read More
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

काठमाडौं, १५  कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा…
Read More
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

लमजुङ,१४ कात्तिक  । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा हुनुहुन्छ । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किनुभएको हो । थमन भण्डारी र मुना…
Read More
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

खैरहनी । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका…
Read More
चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ज्याङका सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुका लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले यहाँका ५७ जना बालवालिकालाई सर्वोत्तम पिठो वितरण गरेको हो । कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बालबालिकाका लागि अभिभावकलाई पिठो हस्तान्तरण गरेका थिए । पौष्टिक आहारको अभाव र पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या देखिदै आएको छ । विकट पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुमा कुपोषणको समस्या विकराल बन्दै गएपछि पौष्टिक आहारको रुपमा सर्वोत्तम पिठो वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए । गर्भबती महिलाले पेटभरी खान नपाउदा कमजोर…
Read More
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौं,१४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी…
Read More
उपाधि जित्ने लक्ष्यका साथ आज बङ्गलादेशसँग भिड्दै नेपाल

उपाधि जित्ने लक्ष्यका साथ आज बङ्गलादेशसँग भिड्दै नेपाल

काठमाडौं,१४  कात्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी…
Read More
आज २०८१ साल कात्तिक १४ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक १४ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन,१४ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ ।…
Read More