उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यालय र चार जिपिए ल्याउने ७६ विद्यार्थी सम्मानित

उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यालय र चार जिपिए ल्याउने ७६ विद्यार्थी सम्मानित

उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यालय र चार जिपिए ल्याउने ७६ विद्यार्थी सम्मानित

चितवन, असार १४- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार चितवन प्याब्सनको कार्यालयमाआयोजित ‘सहजीकरण तथा सम्मान समारोह’मा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्यालय, विद्यार्थी तथा तिनका अभिभावकलाई सम्मान गरिएको हो । समारोहमा एसइई परीक्षा २०८२ मा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउने भरतपुरस्थित लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङग्लिस स्कुललाई सम्मान गरिएको थियो । त्यसैगरी, विद्यार्थी संख्या मापदण्डभन्दा कम भए पनि शतप्रतिशत नतिजा हासिल गरेका भरतपुर–१८ स्थित न्यू चित्रवन इङ्ग्लिस…
Read More
चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन, असार १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा।स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आउनुभएको छ । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ…
Read More
मानवअधिकार र सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै प्रताप डल्लाकोटी सम्मानित

मानवअधिकार र सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै प्रताप डल्लाकोटी सम्मानित

चितवन, असार १४- एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ को २९औँ वार्षिक साधारणसभाको अवसरमा युवा नेता तथा समाजसेवी प्रताप डल्लाकोटी सम्मानित भएका छन्। सन् २००४ देखि समूहको संस्थागत विकास, मानवअधिकारको संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप डल्लाकोटीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य महेश प्रसाद पौडेलले सम्मानपत्र प्रदान गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले न्याय, समानता र मानवअधिकार सुनिश्चित गर्न राज्यसँगै नागरिक समाजको सक्रिय सहभागिता आवश्यक पर्ने धारणा राखे। एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ की संयोजक इन्दु सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समूहले एक वर्षमा गरेका…
Read More
संसदमै प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट जवाफ दिनुपर्छः रेनुका काउचा

संसदमै प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट जवाफ दिनुपर्छः रेनुका काउचा

काठमाडौं, असार १४- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल–भारत सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले सुरुदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक–पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरिमा जोगाउनु रहेको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेसले सुरुदेखि नै निरन्तर यस संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको यहाँहरूलाई अवगत नै छ।…
Read More
प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, असार १४- प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नुहुनेछ । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री…
Read More
आज ७५ औँ मदन भण्डारी जयन्ती

आज ७५ औँ मदन भण्डारी जयन्ती

काठमाडौँ, असार १४- तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
Read More
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल

भरतपुर, असार १४- भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। गत आर्थिक वर्ष ८८ अंक प्राप्त गरेको अस्पतालले यसपटक एक अंक सुधार गर्दै ८९ अंकसहित ‘ग्रिन जोन’मा आफ्नो स्थान कायम राखेको छ। मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालले अघिल्लो वर्षको तुलनामा सेवा प्रवाहमा उल्लेखनीय सुधार…
Read More
शक्तिशाली बालेन सरकारका तीन महिना : मिश्रित सुरुवात, सुधारको परीक्षा बाँकी

शक्तिशाली बालेन सरकारका तीन महिना : मिश्रित सुरुवात, सुधारको परीक्षा बाँकी

काठमाडौँ, असार १२- दुई तिहाइ नजिकको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली एकल सरकार गठन गरेको तीन महिना पुगेको छ। जनअपेक्षाबीच रास्वपाका वरिष्ठ नेता बालेन शाह १३ चैत २०८२ मा प्रधानमन्त्री नियुक्त भएका थिए भने सोही दिन १५ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो। सरकार गठन भएकै दिन ‘१०० बुँदे शासकीय सुधार कार्यसूची’ सार्वजनिक गर्दै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले शासन सञ्चालन गर्ने घोषणा गरेको बालेन सरकारले सुरुवाती तीन महिनामा केही साहसिक र लोकप्रिय निर्णयमार्फत प्रशंसा बटुल्यो। तर महत्त्वाकांक्षी योजनालाई तीव्र गतिमा कार्यान्वयन गर्ने क्रममा कानुनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप, केही अपरिपक्व निर्णय र प्रधानमन्त्री स्वयंका अभिव्यक्तिका कारण सरकार…
Read More
रास्वपा महाधिवेशनः चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनः चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको व्यापार

चितवन, असार १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु ५० करोडभन्दा माथिको व्यापार भएको बताउनुहुन्छ । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहनुभएका गौतम झण्डै रु २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताउनुभयो…
Read More
रास्वपा पदाधिकारी चयनका लागि मतदान शुरु

रास्वपा पदाधिकारी चयनका लागि मतदान शुरु

काठमाडौँ, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी छान्न मतदान शुरु भएको छ। चितवनमा जारी महाधिवेशनको दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन शुरु भएको हो । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् । आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन भइसकेका छन्।
Read More