राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् । राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् । बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् । जनताकेन्द्रित…
Read More
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन, जेठ २१ – रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो । महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ । ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र…
Read More
अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

काठमाडौं, जेठ २१ – काभ्रे पाँचखाल नगरपालिका–७, होक्सेका अजित मिजार हत्याको विरोधमा नेपाली कांग्रेसका युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महाराजगन्जस्थित महाराजगन्ज मेडिकल क्याम्पस अगाडि युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । नेपाली कांगेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान र जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिको अगुवाइमा न्यायको माग गर्दै प्रदर्शन गरिएको हो । जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिकी संयोजक एलिजा ढकालका अनुसार न्याय अझै मरेको छैन् र न्याय दिलाउन आफूहरु तत्पर रहेको सन्देश दिन प्रदर्शन गरेको साथै मिजारको घरमै पुगेर पनि सान्तवना दिइएको हो । ‘१० बर्षअघि अन्तरजातीय विवाह गरेको निहुँमा मिजारको हत्या भएको अनुसन्धानहरुले देखाएको छ तर…
Read More
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने

भरतपुर,जेठ २१- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक राष्ट्रिय सम्मेलन गरिने भएको छ । उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो । जेठ २२ गते सुरु भएर २४ गते सकिनेसम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ । सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डा कपिलदेव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका…
Read More
इच्छाकामनाका २ सय चेपाङ परिवारलाई खाद्यान्न वितरण

इच्छाकामनाका २ सय चेपाङ परिवारलाई खाद्यान्न वितरण

भरतपुर,जेठ २०- चितवनको इच्छाकामना गाउँपालिका–१ का दुई सय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । साप्रेनी, चौकीडाँडा, जैथली, दिङलाङ, ज्यानदाला र बाङग्यानका विपन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो । गामबेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङजा अर्जुनचौपारी गाउँपालिका १ घर भई हाल रोजगारीको शिलशिलामा स्वीजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चेपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनुभएको थियो । उहाँले पछाडि परेका चेपाङ समुदायका लागि थोरै भएपनि मलमको काम गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उल्लेख गर्नुभयो । चेपाङ समुदायसंग पुग्न पुलको काम गर्ने “चेपाङका बा” भनेर चिनिने केपी किरण शर्मा को योगदान…
Read More
फैसला कार्यान्वयनमा न्यायालय निरीह बन्यो, राज्यको नियन्त्रण कायमै छ: सांसद न्यौपाने

फैसला कार्यान्वयनमा न्यायालय निरीह बन्यो, राज्यको नियन्त्रण कायमै छ: सांसद न्यौपाने

काठमाडौं, जेठ २० – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनको मामलामा निरीह हुनुपरेको बताएका छन् । बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले पटक-पटक ताकेता गर्दा पनि सरकारले अदालतको आदेश, निर्देशन र फैसला कार्यान्वयनमा नलगेको भन्दै आपत्ति जनाएका हुन् । गिरिबन्धु टी स्टेट सम्बन्धी सर्वोच्च अदालतको फैसला आजसम्म पनि सरकारले कार्यान्वयनमा नल्याउँदा सम्बन्धित पक्षले ठुलो पीडा व्यहोर्नुपरेको दृष्टान्त उनले समितिमा पेस गरे । सांसद न्यौपानेले संविधान र कानुनले किटान गरेका विषयहरूलाई कार्यान्वयनमा लैजानका लागि संसद् र संसदीय समितिले सरकारलाई कडा रूपमा सचेत गराउनुपर्ने माग समेत…
Read More
माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

चितवन, जेठ २०- यहाँको माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ। माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो । कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो । “गोलघरमा माडी क्षेत्रका १० वटा पर्यटकीयस्थलको नाम लेखिएको छ । अब ती नामअनुसारका तस्बिर राख्ने गरी तयारी भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो । गोलघरमा सोमेश्वरगढी, वैकुण्ठधाम, रामधाम, शनिधाम, विराठधुनी, गोद्धकधाम, पर्शुरामकुण्ड, वाल्मीकि आश्रम, भूमि इनार र सेवा…
Read More
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

काठमाडौं, जेठ २० – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् । मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् । ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न…
Read More
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, जेठ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए । मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटघाट गरेका थिए । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी…
Read More
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ, जेठ २०- संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्ने क्रममा विगतका वार्ता, छलफल तथा लिखित सहमतिहरूमा संविधानसम्बन्धी विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गरिनेछ । यसका लागि कार्यदल सचिवालयले सबै मन्त्रालय तथा सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकेको छ । सचिवालयका अनुसार २०६३ सालको विस्तृत शान्ति सम्झौता, मधेस,…
Read More