मुस्ताङको स्वाद चितवनमै, क्षेत्रपुरमा खुल्यो ‘लिम्बा थकाली’
चितवन, जेठ २६– थकाली परिकारका पारखीका लागि चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा ‘लिम्बा थकाली’ संचालनमा आएको छ । पछिल्लो समय थकाली खाना खानका लागि शहर भरि भौतारिदाँ पनि उपभोक्ताले भने जस्तो स्वाद पाउन नसकेको अवस्थामा ‘लिम्बा थकाली’ संचालनमा ल्याइएको संचालक कृष्ण पौडेलले जानकारी दिए । लिम्बाको अर्थ मीठो हो । त्यहीँ मीठो थकालीको रुपमा रेस्टुरेन्ट संचालनमा ल्याइएको पौडेलले बताए । रेस्टुरेन्ट शुभारम्भको अवसरमा जेठ २७,२८,२९ गते तीन दिन विशेष अफर ल्याइएको छ । यो अवधीमा आउने ग्राहकहरुले अर्को पटक आउनका लागि २० प्रतिशत छुटको कुपन प्राप्त गर्ने छन् । ग्राहकहरुलाइ शुद्ध थकालीको स्वाद पस्किनका लागि मुस्ताङबाट नै सेफ ल्याइएको छ ।…