कुहिरोले छोपिएको ऐतिहासिक उपरदाङगढीमा गुञ्जिए गजल
चितवन, जेठ ३१– शनिबार बिहान चितवनको पुरानो सदरमुकाम उपरदाङगढीको खुला चौरमा चितवन, नवलपरासी र तनहुँका गजलकार तथा स्रष्टाहरूको जमघट देखियो । इच्छाकामनाका पहाडी डाँडाकाँडा कुहिरोले ढाकिएका थिए भने हल्का वर्षा पनि भइरहेको थियो । ऐतिहासिक गढीमा पुगेर गजल वाचन गर्ने योजनाअनुसार स्रष्टाहरू त्यहाँ पुगेका थिए । पानी परिरहेकाले खुला चौरमै कार्यक्रम गर्ने कि ओत खोज्ने भन्ने अन्योल देखिएको थियो । अन्ततः उनीहरू गढीको एउटा संरचनामा आश्रय लिएर गजल वाचन सुरु गरे । संयोगवश, गजल वाचन सुरु भएसँगै पानी रोकियो, आकाश खुल्यो र मौसम सफा भयो । त्यसपछि स्रष्टाहरू खुला चौरमा आएर इच्छाकामनाको प्राकृतिक सौन्दर्य नियाल्दै गजल वाचनलाई निरन्तरता दिए ।…