खैरहनी २ मा नयाँ काम : घरमै मृत्यू दर्ताको प्रमाणपत्र
खैरहनी । खैरहनी नगरपालिका वडा नं २ ले एउटा रचनात्मक कामको सुरुवात गरेको छ । सो वडा कार्यालयले वडाबासी कसैको मृत्यू भएमा १३ दिनको दिनमा मृत्यूदर्ताको प्रमाणपत्र घरमै पुगेर हस्तान्तरण गर्ने जस्तो रचनात्मक कामको सुरुवात गरेको हो । दुःखमा परेको परिवारलाई जनप्रतिनिधिको टोली घरमै पुगेर समवेदन प्रकट गर्ने र मृत्यू दर्ताको प्रमाणपत्र समेत हस्तान्तरण गरेर स्थानीय सरकार रहेको अनुभूति दिलाउने गरी नयाँ कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रोहिणीप्रसाद उप्रेतीले जानकारी दिए । सो वडाले बुधबार स्वर्गीय डम्बिर पुन मगरको घरमै पुगेर मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । मृत्यू भएका व्यक्तिलाई श्रद्धान्जली दिने र परिवारलाई समबेदना सहित मृत्यू दर्ता घरमै पुगेर…