विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो । तर, उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक मल प्रयोगको मात्राबारे जानकारी नहुँदा असन्तुलित रासायनिक मलको प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै भएको हो भन्ने उहाँको अनुमान छ । रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउनु र माटो बिग्रिने जाने विषयले उहाँलाई चिन्तित पनि बनाएको छ । रासायनिक मल प्रयोगरी गरी तरकारी खेती गर्दै आउनुभएका भक्तपुर सानोथिमिका रवि डङ्गोलको पनि हरेक वर्ष तरकारी बालीको उत्पादन घट्दै गएको छ । उहाँले भन्नुभयो, “धेरै उत्पादन गर्ने भनेर रासायनिक…