मन्त्री भण्डारीद्वारा परिणाममुखी काम गर्न निर्देशन
खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उहाँले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । “नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस् । आवश्यक सहकार्य र…