गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन,जेठ १९- चितवनको राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । परिवारका अनुसार उनी सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो । तर, आज बिहान राप्ती नदी किनारमा खोजी गर्दैजाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । चोखाल सामान्य खेतीपाती र घाँसदाउरा गरेर जीविका चलाउँदै आएका थिए । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी…
Read More
आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्ः सांसद ओली

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्ः सांसद ओली

काठमाडौं, जेठ १९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् । उनले भनिन्,‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय…
Read More
चितवन र पर्सा निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन र पर्सा निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन, जेठ १९ – चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो । बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् । शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो । निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति…
Read More
सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ, जेठ १९- सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (युएनइपी)बाट ओजन तहलाई हानि…
Read More
नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौँ, जेठ १९- नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ (युएनओजिआइएल)अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको सुरुआत भएको थियो । यद्यपि, २०३१ सालमा युनाइटेड नेसन्स् इमर्जेन्सी फोर्स– युएनइएफअन्तर्गत इजिप्टको सिनाइमा पुरानो गोरख गणको तैनाथी नै नेपाली सेनाको युनिट तहको पहिलो सहभागिता थियो । हालसम्म नेपाली सेनाका करिब एक लाख ६५ हजारभन्दा बढी शान्ति सैनिकले विश्वका विभिन्न ४४ वटा शान्ति कार्य मिसनमा योगदान दिइसकेका छन् ।…
Read More
सङ्घीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङमा ग्याबु शेर्पा सम्मानित

सङ्घीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङमा ग्याबु शेर्पा सम्मानित

काठमाडौँ, जेठ १९- प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा लाई सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा सम्मान गरिएको छ। सङ्घीय संसद् सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डीपी अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। सम्मानित भएपछि सांसद मिङमा ग्याबु शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि नभई नेपाली जनताको प्रतिनिधित्व गर्ने संसद्को प्रतिष्ठासँग जोडिएको अभियान भएको बताएका छन् । उनले सगरमाथाको शिखरमा सङ्घीय संसद्को झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेका छन् ।
Read More
चितवनको एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलरसहित पक्राउ

चितवनको एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलरसहित पक्राउ

चितवन, जेठ १९- गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उहाँ अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको…
Read More
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो

सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो

काठमाडौं, जेठ १९- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो । उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो । यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर…
Read More
एकै दिन पौवा र दुई चारतारे होटलहरुबीच सम्झौता, नेपाली आतिथ्यता संजाल थप विस्तार

एकै दिन पौवा र दुई चारतारे होटलहरुबीच सम्झौता, नेपाली आतिथ्यता संजाल थप विस्तार

काठमाडौं, जेठ १९- नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ । पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो। यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ अघि…
Read More
विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

काठमाडौं, जेठ १९- विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ । यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल आउने कार्यक्रम तय भएको छ । नेपालमा आफ्नो दह्रो उपस्थिति जनाउन उबरले स्थानीय राइड शेयरिङ कम्पनी ‘ट्याक्सीमाण्डो’ सँग रणनीतिक साझेदारी गरेको छ । यो साझेदारीअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा काम गर्नेछ । यो सम्झौतासँगै ट्याक्सीमाण्डोमा आबद्ध रहेका चालकहरू अब स्वतः उबरको नेटवर्कमा…
Read More