मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन
पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई किलोमिटर सडक बन्न सकेको छैन । सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीय धुलोमा बस्नुपरेको र विकाससमेत अवरुद्ध बनेको भन्दै सङ्घर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम आयोजना गरेको हो । यसअघि सङ्घर्ष समितिले सडक निर्माण हुनुपर्ने र सहजीकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार…