सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
विराटनगर, जेठ ८- कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा विभिन्न राजनीतिक धारबाट फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ । नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष, प्रतिपक्ष तथा सत्ता साझेदार दलभित्र समेत भिन्न धारणा सार्वजनिक भएका छन् । विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका उपनेता बाबुराम गौतमले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा चुनौती रहने टिप्पणी गरेका छन् । उनका अनुसार दस्तावेजमा धेरै विषय समेटिए पनि कार्यान्वयन पक्ष पर्याप्त रूपमा स्पष्ट नभएकाले अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुनसक्ने देखिन्छ । यसैबीच सत्तारूढ नेकपा (एमाले)का सांसद पाँचकर्ण राईले नीति तथा कार्यक्रमलाई समग्र रूपमा सकारात्मक रूपमा मूल्यांकन गरेका छन्…