चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद

चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद

चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद

चितवन, साउन २०– जिल्लाका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो…
Read More
पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

चितवन, साउन २०– नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । रासस
Read More
चितवनमा अशक्त, वृद्ध र एकल महिलाको घरमै एलपी ग्यास पुर्‍याइने

चितवनमा अशक्त, वृद्ध र एकल महिलाको घरमै एलपी ग्यास पुर्‍याइने

चितवन, साउन १८- चितवन जिल्ला प्रशासन कार्यालयले अशक्त, वृद्ध, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अत्यावश्यक समूहलाई घरमै खाना पकाउने एलपी ग्यास पुर्‍याउने व्यवस्था गरेको छ । ग्यास अभावका कारण समस्या परेका व्यक्तिले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराएपछि उद्योगी र डिलरमार्फत घरमै ग्यास उपलब्ध गराइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि यस्तो व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त तथा अपाङ्गता भएका व्यक्तिले ग्यास नपाएको जानकारी आएमा तत्काल घरमै ग्यास पठाउने व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै, एकल महिला, वृद्धवृद्धा, छात्रावासका विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक क्षेत्रमा पनि प्राथमिकताका आधारमा…
Read More
चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

भरतपुर, साउन १८- नेपाल विद्युत प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि भोलि पहिलोपटक चार्ज (विद्युत प्रवाह) गर्न लागेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइन भोलि बिहान ७ बजेदेखि चार्ज गर्न लागिएको हो। विद्युत लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुनसक्ने भएकाले आयोजनाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उक्त रुटमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर…
Read More
सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

रामेछाप, साउन १८- सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ । स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन । दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ । घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको…
Read More
दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन

काठमाडौँ, साउन १८- मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइती घरमा प्रदर्शन गरेका छन् । परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइती घरमा प्रदर्शन गरिएको हो । विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत…
Read More
चितवनमा बेपत्ताको संख्या बढ्दो, एक वर्षमा ८९ जना अझै सम्पर्कविहीन

चितवनमा बेपत्ताको संख्या बढ्दो, एक वर्षमा ८९ जना अझै सम्पर्कविहीन

चितवन, साउन १८– जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनुभयो । यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क…
Read More
चितवनमा बाघको सुरक्षित बासस्थान बन्यो राप्ती नदी तटीय क्षेत्र

चितवनमा बाघको सुरक्षित बासस्थान बन्यो राप्ती नदी तटीय क्षेत्र

काठमाडौँ, साउन १८- नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो । बाघको सङ्ख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । “चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन्,” उहाँले भन्नुभयो, “लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।” कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार…
Read More
आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ, साउन १८ – आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । आज राति…
Read More
नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, साउन १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल\मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।
Read More