चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ हुँदै
चितवन,साउन २६- घरजग्गा व्यवसाय, भवन निर्माण तथा निर्माण सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ। एसवन होम्स र भी ग्रुप इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागिएको हो। घरजग्गाको कारोबार, भवन निर्माण तथा निर्माणका लागि आवश्यक सामग्री र प्रविधिबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पो संयोजक सुरज न्यौपानेले जानकारी दिए। देशकै केन्द्रविन्दुका रूपमा रहेको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको व्यवसायलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गर्न लागिएको उनले बताए। “गत वर्ष पनि हामीले…