रत्ननगर ६ मा आबधिक योजना निर्माण सम्बन्धी अन्तर्क्रिया
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा मंगलबार पन्चबर्षीय आबधिक योजना निर्माण सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । वडाको विकासको लागि निर्माण गर्न लागिएको आबधिक योजनाका बारेमा सरोकारबालाहरुबाट सुझाब संकलन र आवश्यकताको पहिचानको लागि अन्तर्क्रिया कार्यक्रम गरिएको हो । सिनर्जी इन्जिनियरिङले सहजीकरण गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको सो वडाको विकासको लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आबधिक योजना निर्माण गर्न सरोकारवालाहरुले सुझाब दिएका छन् । कृषि र पशुपालनलाई पर्यटनसंग जोडेर स्थानीयको आम्दानीको स्रोत बृद्धि गर्ने गरी योजना निर्माण गर्नुपर्ने भन्दै उनीहरुले…