मोरङका क्रसर : अनुमति एउटा, काम अर्कै
विराटनगर ८ जेठ, एउटा कामका लागि अनुमति लिएर अर्कै काम गरिरहेको पाइएपछि स्थानीय प्रशासनले मोरङका दुई वटा क्रसर उद्योग बन्द गरेको छ । एउटालाई जरिवाना गराएको छ । जिल्ला अनुगमन समितिले मापदण्ड विपरीत र अवैध रुपमा सञ्चालित जिल्लाका तीनवटा क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि कारबाही गरेको हो । बेलबारी र मिक्लाजुङ क्षेत्रमा सञ्चालित तीन उद्योगले अनुमति विपरीत काम गरिरहेको पाइएपछि कारबाही गरेको जिल्ला अनुगमन समिति मोरङले जनाएको छ । जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेका अनुसार बेलबारीमा रहेको कान्तिपुर वासिङ प्रालि नामको क्रसर उद्योगलाई ५० हजार जरिवाना गरिएको छ । कर छली गरेको भेटिएपछि अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पनि…