उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा गर्दै स्थापना दिवस मनाएको हो । महिलाहरुलाई उत्पादनसंग जोडर जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको सो समुहले स्थानीय सरकारसंग मिलेर महिलाहरुलाई सीपमुलक तालिम सञ्चालन गरेको हो । महिलाहरुको नेतृत्व विकास र आयआर्जनमा जोड दिएको सो समुहले रत्ननगरमा सामुहिक खेती र उत्पादनलाई जोड दिएको उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले जानकारी दिइन् । आयआर्जनको लागि महिलाहरुलाई उनीको घागो काट्ने तालिम, चुरापोते, मखमलको जुत्ता, च्याउ खेती, बेसार खेती, अगरबत्ती बनाउने,गुद्रुक र…