भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

चितवन, भदौ २२ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उहाँ पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो । स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कक्षा १० सम्म विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महोदत्तले…
Read More
रसुवा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान

रसुवा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान

चितवन, भदौ २२– चितवनको पर्यटकीय क्षेत्र सौराहामा यतिबेला पर्यटकको आवागमन बढ्दै जाने बेला हो । विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरु यो समयमा बढ्दै गएको तथ्यांक छ । तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन् । अहिले होटलको अकुपेन्सी नै ५ प्रतिशत भन्दा कम छ । ‘अहिले हामीकहाँ पर्यटक नै छैन भन्दा फरक पर्दैन, सबैजसो होटलको अकुपेन्सी ५ प्रतिशत भन्दा कम छ’–क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । घिमिरेले संचालन गरिरहेको जंगल सफारी लज होटलमा ३४ वटा कोठा छन् । अहिले केही कोठा बाहेक सबै खाली छन् । भएका बुकिङ पनि रद्द भइरहेका छन् । मुग्लिन–काठमाडौँ सडक…
Read More
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर, दैनिक ११ वटासम्म उडान

कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर, दैनिक ११ वटासम्म उडान

चितवन , भदौ २२ – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको छ । भरतपुर–काठमाडौँमा ‘एटिआर ७२’ जहाज सञ्चालन हुन्छ । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र भरतपुरबाट काठमाडौँ जाँदा करिब ५० यात्रु बोक्ने गरेको छ । जहाजको क्षमता ७२ जना भए पनि…
Read More
भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ २२ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार…
Read More
रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

काठमाडौं, भदौ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए। उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेशमन्त्रीलाई आश्वस्त पारेका छन्। यस कठिन घडीमा अमेरिकाले गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिएका…
Read More
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम, भदौ २२ – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । “आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ । राति…
Read More
बेत्रावतीमा १९३ जना बेपत्ता, भत्किएका घरमा खोजीको प्रतीक्षा

बेत्रावतीमा १९३ जना बेपत्ता, भत्किएका घरमा खोजीको प्रतीक्षा

नुवाकोट (बेत्रावती) , भदौ २१- रसुवाको भोटेकोशीमा बाढी आएको १२ दिन बित्यो । तर बेत्रावतीमा बेपत्ता भएका नागरिक भेटिएका छैनन् । बेत्रावती लाखे समितिका अध्यक्ष शशि डंगोल कुन टोलबाट कति मानिस बेपत्ता छन् भनेर तथ्यांक संकलन गरिरहेका छन् । उनका अनुसार बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता छन् । ‘आज १२ दिन बित्यो । बेपत्ता हाम्रा आफन्तहरू आउलान् कि भन्ने आशैआशमा कहालीलाग्दो समय बित्दैछ,’ उनले भने। भेटिने आश कम हुँदै गएपछि धेरैले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘आफन्तजनको स्मृतिमा काजकिरियाको काम पनि भइरहेको छ,’ उनले भने । आजको दिनसम्म उनले बेत्रावतीमा भएको क्षतिको रिपोर्ट तयार पारेका छन्…
Read More
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ, भदौ २१- रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको साधारण श्ययाम राखेर उपचार भइरहेको छ ।…
Read More
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

नारायणगढ (चितवन), भदौ २१ – रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ । शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । उहाँँका अनुसार भदौ १६ गते सात…
Read More
भरतपुरमा डी टु एच (डाइरेक्ट टु होम हेल्थकेयर) सेवा सुरु

भरतपुरमा डी टु एच (डाइरेक्ट टु होम हेल्थकेयर) सेवा सुरु

चितवन ,भदौ २१ – अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवा घरमै प्रदान गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिका–९ स्थित भरतपुर बसपार्क नजिकै डी टु एच स डाइरेक्ट टु होम हेल्थकेयर सञ्चालनमा आएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर विकास पाण्डे र पदम थापाले उक्त संस्था औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्। विशेषगरी विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफ्ना बाबुआमाको स्वास्थ्य सेवा तथा हेरचाह गर्न सहज होस् भन्ने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको कार्यकारी प्रमुख विकास पाण्डेले जानकारी दिनुभयो। “हामीले विशेषगरी विदेशमा रहेर नेपालमा आफ्ना बाबुआमाको हेरचाह गर्न नपाएका, नियमित अस्पताल जान नसक्ने तथा दीर्घरोगी, वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले यो…
Read More