हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप)मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ ।” अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उहाँले बताउनुभयो । “पथपदर्शकबिना आएका…
Read More
बेलायतको केम्ब्रिजशायरमा रेलभित्र चक्कु आक्रमण: नौ जना गम्भीर

बेलायतको केम्ब्रिजशायरमा रेलभित्र चक्कु आक्रमण: नौ जना गम्भीर

बेलायतको केम्ब्रिजशायरमा एउटा रेलभित्र भएको चक्कु आक्रमणमा नौ जना गम्भीर रूपमा घाइते भएका छन्। यो जानकारी ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले दिएको हो। प्रहरीका अनुसार डनकास्टरबाट किङ्स क्रस जाँदै गरेको रेलभित्र आक्रमण भएको थियो। घटनापछि १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा नौ जनाको अवस्था गम्भीर छ। प्रहरीले यसलाई ‘ठूलो घटना’को रूपमा लिएको छ र आतंकवाद विरोधी अधिकारीहरू पनि अनुसन्धानमा संलग्न भएका छन्। ब्रिटिश ट्रान्सपोर्ट प्रहरीका प्रमुख सुपरिन्टेन्डेन्ट क्रिस केसीले यस आक्रमणलाई ‘एक स्तब्ध पार्ने घटना’ भनेका छन्। उनका अनुसार अहिले घटनाको कारणबारे केही भन्नु जल्दबाजी हुनेछ। केसीले थप जानकारी दिँदै भनेका छन् कि हाल सो क्षेत्रमा रेल सेवा बन्द गरिएको छ…
Read More
बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिनुभयो । तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको…
Read More
पुल मर्मत नहुँदा आवागमनमा समस्या

पुल मर्मत नहुँदा आवागमनमा समस्या

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइको पुल भासिएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ । झापा बजार हुँदै कुञ्जिबारी जोड्ने उक्त पुल गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीका कारण भासिएको थियो । एक महिना पुग्न लागिसक्दासमेत पुलको मर्मत भएको छैन । गौरीगञ्जका विद्यानन्द राजवंशीले सदरमुकाम चन्द्रगढी जानका लागि सोही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउनुभयो । सवारीसाधन र यात्रु भासिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तीन वर्षअघि रु छ करोडको लागतमा उक्त पुल निर्माण भएको थियो । पुलको लम्बाइ ५४ मिटर रहेको छ । बाढीलाई थेग्न नसकेपछि मध्यभागको पिलर भासिएर पुल बाङ्गिएको छ ।…
Read More
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिनुभयो । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । यद्यपि…
Read More
चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । उनिहरुको सम्बन्धमा अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात पहिचान खुलाउने प्रहरीले जनाएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको…
Read More
चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। सो बसमा लगत्तै जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रु बाहक बससमेत ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायातसमेत अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेलाई…
Read More
दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

कार्तिक मासको अवसर पारेर अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल (इस्कोन) ले देशभर ६० स्थानमा श्रीकृष्ण भगवान्लाई सामूहिक दीपदान गरिरहेको छ । सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन् । स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिकमासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारीले राससलाई जानकारी दिनुभयो । आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको यो कार्यक्रम कार्तिक शुक्लपूर्णिमामा समापन गरिनेछ । यस अवसरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा आकाश दीपदान गर्ने गरेका छन् । इस्कोनका दीपदानमा लाखौँ मानिस सहभागी भइसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाका…
Read More
राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस
Read More
मनाङमा पदयात्रा गर्न एक साता रोक

मनाङमा पदयात्रा गर्न एक साता रोक

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए। करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो ।
Read More