प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । गाउँपालिकाले विसं २०८० देखि सुरू गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ । गाउँपालिकाले यस स्थानको…