आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ः१५ बजे सुरु हुँदैछ । थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ । इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।
Read More
आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

आज हिन्दू नेपालीहरुको महान चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । टिका लगाउँदा आर्शिवाद दिने मन्त्र आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु¥योधने। दानं सूर्यसुते बलं…
Read More
सन्दिप पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका हुन्ः क्यान

सन्दिप पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका हुन्ः क्यान

नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ। सन्दीपले के कारणले नखेल्ने निर्णय गरे भन्नेबारे अझै केही खुलेको…
Read More
९० लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

९० लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

जेन्जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका यहाँस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन रु ९० लाखको लागतमा पुनर्निर्माण भएका छन् । दुवै भवनको आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ । त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित टोलीलाई अभिनन्दन गरेका थिए । त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो । रासस
Read More
राष्ट्रपतिद्वारा कन्या पूजा

राष्ट्रपतिद्वारा कन्या पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गर्नुभएको थियो । रासस
Read More
पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम

पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम

पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले यहाँ जन्मिएका शिशुहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पाँच वर्षसम्म नियमित रु ५०० वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार प्रत्येक बालबालिकाका लागि बैंकिङ प्रणालीमार्फत रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ । बालबालिकाको भविष्य सुनिश्चितताको लागि गाउँपालिकाले आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बालबालिकाको उज्ज्वल भविष्यसँगै सक्षम भावी पुस्ता निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यससँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ ।…
Read More
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा बढी

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा बढी

दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँ बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले…
Read More
नवरात्रको अन्तिम दिनः गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना

नवरात्रको अन्तिम दिनः गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना

आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ…
Read More
बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता–२०८२’ को उपाधि आयोजक भरतपुर क्रिकेट एकेडेमी (बीसीए)ले जितेको छ । भरतपुर–५, समीचोकस्थित एकेडमीको मैदानमा भएको फाइनल प्रतिस्पर्धामा न्यू क्यापिटल कलेज रत्ननगरलाई १९ रनले हराउँदै बीसीएले उपाधि घरमै राखेको हो । उपाधिसंगै बीसीएले नगद ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने उपविजेतामै चित्त बुझाएको न्यू क्यापिटलले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता तथा उपविजेताहरुलाई बीसीएका अध्यक्ष सुहान गिरी, प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठ, प्रतियोगिताका संयोजक दीपेश श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । बीसीएले दिएको ११२ रनको लक्ष्य पछ्याएको न्यू क्यापिटल १८.२ ओभरमा ९२ रनमै अलआउट भएपछि बीसीएले उपाधि…
Read More
चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री

चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री

चितवनका चार वटा बैंकले संयुक्त रुपमा जिल्लाका मालपोत र नापी कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेका छन् । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले मालपोत र नापी कार्यालयमा पूर्णरुपमा तोडफोड र आगजनी गरेपछि अहिले सेवा सुचारुमा कठिनाई भइरहेको छ । यहीँ अवस्थालाई मध्यनजर गर्दै चितवनमा रहेका प्रभु बैंक लि., कुमारी बैंक लि., ज्योति विकास बैंक लि. र सिन्धु विकास बैंक लि.ले संयुक्तरुपमा मालपोत कार्यालय र नापी कार्यालय भरतपुरलाई कार्यालय सञ्चालनको लागी आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्चीहरु सहयोग गरेको हो । एक कार्यक्रमकाबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंक लि.को तर्फबाट सांग्रिला श्रेष्ठ,…
Read More