रास्वपा महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता, ५ जनाबीच अन्तिम भिडन्त

रास्वपा महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता, ५ जनाबीच अन्तिम भिडन्त

रास्वपा महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता, ५ जनाबीच अन्तिम भिडन्त

काठमाडौँ, असार १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। उम्मेदवारी फिर्ताको क्रम चलेसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने प्रत्यासीहरूको संख्या ५ मा झरेको छ। एक जना मात्र निर्वाचित हुने महामन्त्री पदका लागि सुरुमा १० नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले सुरुमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ८ जना प्रत्यासीहरू चुनावी मैदानमा थिए। रास्वपाको निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप ३ जना प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन्। योसँगै अब…
Read More
रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

चितवन, असार १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा अब ५ जना पदाधिकारीहरूको निर्वाचन हुन अझै बाँकी छ । प्रत्यक्ष निर्वाचित पद मध्ये पार्टी सभापति रवि लामिछाने र पुरुषतर्फको उपसभापतिमा स्वर्णीम बाग्ले निर्विरोध निर्वाचित भएकोले अब बाँकी ५ पदमा मात्रै चुनाव हुँदैछ । तीन दिन भित्र सक्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशन आज छैटौं दिनसम्म पनि सकिएको छैन । ९९ जना केन्द्रीय सदस्य चयन भए पनि ६ जना प्रतिनिधीबाट प्रत्यक्ष निर्वाचित हुने पदाधिकारीको निर्वाचन हुन बाँकी छ । बिहान ४ बजे पदाधिकारीका लागि निर्वाचन गर्ने कार्यतालिका रास्वपा केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको…
Read More
रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त, प्रतिनिधि मतदानको लाइनमा

रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त, प्रतिनिधि मतदानको लाइनमा

चितवन, असार १२ - रास्वपाको महाधिवेशनमा पदाधिकारीको अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारहरूले मत माग्न थालेका छन् । ६ दिनदेखि जारी महाधिवेशनमा हिजो राति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रोचरणमा पदाधिकारी चयन गर्न लागिएको हो । पदाधिकारीका लागि महिला उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ । सहमहामन्त्री तीन मध्ये १ महिला हुनेछन् । ६ दिन देखि जारी महाधिवेशनको लम्बेतान प्रक्रियाका कारण निकै सकस खेपिरहेका प्रतिनिधिहरू अहिले मतदानका लागि लाइन लाग्न थालिसकेका छन् । महाधिवेशनमा स्थलमा मत भाग्ने क्रममा नाचगान चलिरहेको छ ।
Read More
रास्वपामा ९९ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४९ महिला (नामावलीसहित)

रास्वपामा ९९ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४९ महिला (नामावलीसहित)

काठमाडौं, असार १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला प्रतिनिधित्व भएको छ । निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन् । यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो । बिहीबार भएको निर्वाचनमा ३८४ जना उम्मेदवार थिए । राति सार्वजनिक भएको मतपरिणम अनुसार केन्द्रीय समितिमा महिला र पुरुष हाराहारीमै निर्वाचित भए । रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ । बाँकी ५१ सदस्य सभापतिले मनोनित गर्नेछन् । बागमती प्रदेशतर्फ सबै निर्वाचित केन्द्रीय सदस्य सबै महिला छन् । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पार्टीका हरेक कमिटीमा कम्तीमा ३३ प्रतिशत…
Read More
कबिन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

कबिन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

चितवन ,असार १२ - रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री रहेका बुर्लाकोटीले मैदान छोडेका हुन् । चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् । अब महामन्त्रीमा महामन्त्री उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।
Read More
रास्वपा महाधिवेशनका कारण शनिबार पनि बोलाइयो संसद् बैठक

रास्वपा महाधिवेशनका कारण शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं, असार १२- रास्वपाको महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ । संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ । यसअघि यही असार ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आज १२ गते बस्ने बोलाइएको बैठक फेरि स्थगित गरेर भोलि १३ गते शनिबारका लागि सारिएको छ । रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको दल हो । सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसक्ने भएकाले…
Read More
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन, असार १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ । यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ । महामन्त्री उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् । महामन्त्री पदका दाबेदार जगदिश खरेल (ललितपुर) ले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छ्न् । यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । रमेश…
Read More
रास्वपा महाधिवेशनमा विवाद छताछुल्ल, उम्मेदवारहरूद्वारा सार्वजनिक असन्तुष्टि

रास्वपा महाधिवेशनमा विवाद छताछुल्ल, उम्मेदवारहरूद्वारा सार्वजनिक असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विवाद छताछुल्ल भएको छ। चितवनको भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा उम्मेदवारहरूको असन्तुष्टि सार्वजनिक रूपमा देखिएको हो। महाधिवेशन अपेक्षाभन्दा फितलो भएको भन्दै केही प्रतिनिधिहरू मतदानमा सहभागी नभई फर्किएको आरोपसमेत उठेको छ। असार ७ गतेदेखि ९ गतेसम्म सक्ने गरी तय गरिएको महाधिवेशन ढिला हुँदै गए पनि केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अझै पूरा हुन सकेको छैन। यसैबीच, मतदान चलिरहेकै समयमा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी नामावलीको क्रम र सूची व्यवस्थापनप्रति उनीहरूले आपत्ति जनाएका छन्। केन्द्रीय सदस्य उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूची र मतदान सूचीबीच नाम क्रम फरक परेको भन्दै…
Read More
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन, असार ११- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो । आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ थियो । सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत…
Read More
रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

चितवन , असार ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान सुरु भएको थियो । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
Read More