भरतपुर आँखा अस्पताललाई जग्गा र भवन खाली गर्न भन्दै भरतपुर अस्पतालको पत्र
भरतपुर,जेठ १२ भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ। अस्पतालले जेठ ७ गते पत्राचार गर्दै सो म्यादभित्र संरचना खाली गर्न भनेको हो। भरतपुर अस्पतालका अनुसार सो संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न आग्रह गरिएको हो। यसअघि सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ अनुसार सम्झौता गर्न पत्राचार गरिए पनि सम्बन्धित पक्ष नआएको अस्पतालले जनाएको छ । अस्पतालले सोही कार्यनीतिको दफा २१ अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिएको छ । तर भरतपुर आँखा अस्पतालले…