११ अर्ब बचत फिर्ताको माग गर्दै रवि लामिछानेलाई सम्झाए बाचा
विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू आफ्नो डुबेको अर्बौँ रकम फिर्ता गराउने पहल गरिदिन माग गर्दै सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गुहार्दै पार्टीको ‘१०० दिने बाचा’ स्मरण गराएका छन् । बराह सहकारी पीडित समन्वय समितिका अध्यक्ष श्यामप्रसाद ढकालसहितको टोलीले सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । सभापति लामिछाने व्यस्त रहेका कारण रास्वपाका सचेतक कवीन्द्र बुर्लाकोटी तथा अन्य पदाधिकारीमार्फत उक्त ज्ञापनपत्र दर्ता गराइएको पीडित प्रदीप बास्तोलाले जानकारी दिए । ‘हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीय संसद् सचिवालयमा पत्र दर्ता गराएका छौँ । प्रमुख…