विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन
यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो । उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन । कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक…