लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी, जेठ ७ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभएको हो । उहाँले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनुभयो । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ को…
Read More
प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

काठमाडौं, जेठ ७- श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने हो कि होइन भनि सोधेका छन् । उनले बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय मागेर नियमावलीको नियम १५ (२) अनुसार सांसद्को प्रश्नको उत्तर दिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन । उत्तर दिनुपर्ने हो या होइन ?” उनले भने । उनले आफूले वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको बताए । रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीसँगै भएकाले उनले नै जवाफ दिनुपर्ने माग राखे । “ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ,” उनले भने । उनले प्रधानमन्त्रीले…
Read More
पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

काठमाडौँ, जेठ ७- सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो । उहाँको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।
Read More
धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ, जेठ ७ – टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ । सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताउनुभयो । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ…
Read More
बालेन सरकारसँग किन झस्कँदैछन् म्यानपावर व्यवसायी ?

बालेन सरकारसँग किन झस्कँदैछन् म्यानपावर व्यवसायी ?

६ जेठ, काठमाडौं । सेक्युरिटी गार्डको काम गर्न मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान २९ वैशाख २०८३ मा थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकट’ नीति अनुरूप म्यानपावर कम्पनीलाई उनले ७० हजार रुपैयाँ बुझाएका थिए । जबकि, मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाँदा बढीमा १० हजार मात्रै तिर्नुपर्ने सरकारको नीति छ । तर, उनले ७० हजार तिरिसक्दा पनि ३ लाख मागिरहेको थियो । कोटेश्वरमा रहेको ‘ग्रान्ड स्विट जब’ नाम गरेको म्यानपावरले ‘३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्न’ भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । म्यानपावर कम्पनीले बाँकी २ लाख…
Read More
संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक छः राष्ट्रपति

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक छः राष्ट्रपति

सुनसरी, जेठ ६ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु…
Read More
प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौँ, जेठ ६ – प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभर स्वास्थ्य सेवाको पहुँच र सहज उपलब्धता अझै सुनिश्चित हुन नसकेको बताउँदै रुपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको उल्लेख गर्नुभयो । “अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधि तथा जीवनरक्षक औषधिको अभाव छ । तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु”, पौडेलले भन्नुभयो । त्यसैगरी, सांसद खडकबहादुर बुढाले प्राकृतिक…
Read More
संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत

काठमाडौं जेठ ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् । रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् । सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’
Read More
चितवनमा ८६ वटा एम्बुलेन्सले मात्रै गरे अद्यावधिक

चितवनमा ८६ वटा एम्बुलेन्सले मात्रै गरे अद्यावधिक

चितवन, जेठ ६- जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता रहेका छन् । ती सबैलाई अध्यावधिक गर्न आग्रह गरिएको थियो । अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका हुन । जिल्लामा अहिले क वर्गका एम्बुलेन्सहरू नरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले अध्यावधिक गर्न आएका एम्बुलेन्स मध्ये ख र…
Read More
बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

काठमाडौं, जेठ ५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् । उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ…
Read More