चितवनमा कार्यालय खोलेर एप मार्फत १२ करोडभन्दा बढी ठगी,चिनियाँसहित ११ जना प्रहरीको फन्दामा
एड्भरटाइजिङ सर्भिस प्रालि सेन्टर (एसएमसी) नामक कम्पनीको आधारमा नेटवर्क विस्तार गरेर अनलाइन स्क्यामिङ गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित १० जनाको गिरोहलाई पक्राउ गरेको छ । यो समूहले चितवनको खैरहनीमा एसएमसी खडा गरेर नेपाली नागरिकलाई एप्लिकेसनमार्फत् नेटवर्कमा जोड्दै ठगी गरेको आरोप छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धानबाट यो गिरोहले नेपालभर ७० हजार बढी नागरिकलाई नेटवर्कमा जोडेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जियाङ, रामेछापका मिलन श्रेष्ठ, तनहुँ बन्दिपुरका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवन खैरहनीका सोनम खातुन, काठमाडौं टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नसिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बारा कलैयाका राम निवास…