साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै
काठमाडौं,२ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो। घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ। तर नेपाल अन्तर्राष्ट्रिय एक्सपोजर बिनै प्रतियोगितामा सहभागिता जनाउँदै छ। चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ। पहिलो पटक २०२२ मा सेमिफाइनलसम्म पुगेको भुटानले घरेलु महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ। पछिल्ला ६ मध्ये…