नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन
वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेनले नेपाली क्रिकेट टिमको नाम सुन्नासाथ धेरैलाई ‘वाकओभर’ पाएजस्तो महसुस भएको हुने भए पनि खेल्न कठिन रहेको बताएका छन् । नेपालले सोमबार युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा ९० रनको जित निकाल्दै तीन खेलको शृंखला अन्तिम खेलअगावै जितेको थियो । यसअघि, नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेताविरुद्ध १९ रनको जित निकालेको थियो । लगातार दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर आँक्ने भए पनि वास्तविकता फरक रहेको जनाए । “उनीहरू पछिल्लो चार वर्षदेखि एकसाथ खेलिरहेका छन् । उनीहरूले एक–अर्कालाई राम्रोसँग बुझेका छन् । धेरैले नेपाललाई कमजोर टिम मान्छन् । तर, यस्तो…