मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाँदै बालेन
पाथीभरा दर्शनका लागि ताप्लेजुङ आउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाने भएका छन् । रास्वपा ताप्लेजुङका सभापति वीरेन्द्र श्रेष्ठका उनी ढुंगेसाँघु जाने भएका हुन् । ‘आज या भोलि जाने भन्ने कुरा भइरहेको छ,उनले भने । बालेन आज पाँचथरमा छन् । झापामा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट उनी फिदिम आइपुगेका हुन् । ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको दर्शन गर्न जाने क्रममा बाटोमा पर्ने इलाम फिदिम र ताप्लेजुङका नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको पाँचथरका सभापति प्रकाश गुरुङले बताए । बालेनले सदरमुकाम फिदिममा पाँचथरका नेता कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेका छन्।…