मानबसेवा आश्रमलाई आर्थिक सहयोग
रत्ननगर । चितवनको नारायणगढ स्थित मानबसेवा आश्रमलाई आर्थिक सहयोग गरिएको छ । मिक्स एण्ड म्याच हङकङले ३ लाख ६० हजार रुपैया सहयोग गरेको हो । मानब सेवा आश्रममा आयोजित एक औपचारिक कार्यक्रममा खैरहनीका समाजसेवी झमकप्रसाद नहर्की, खैरहनी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष दीपेन श्रेष्ठ, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार, सामाजिक अभियान्त शान्तामणि नहर्कीले मानब सेवा आश्रमकी महासचिव शुशीला केसीलाई सो रकम हस्तान्तरण गरेका थिए । मिक्स एण्ड म्याचका अध्यक्ष दिनानाथ बगाललेले हङकङबाट संस्थागत रुपमा पठाएको रकम सामाजिक अभियान्ता नहर्कीको समन्वयमा आश्रमलाई हस्तान्तरण गरिएको हो । कोही नभएका र केही नभएकाहरुलाई सडकबाट उठाएर आवासीय सुविधा सहित लालनपालन गरिरहेको आश्रमलाई मिक्स…