खैरहनीमा न्याय सम्पादन : ७५ प्रतिशत मुद्दामा मेलमिलाप
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले दर्ता हुन आएका मध्ये करिब ७५ प्रतिशत मुद्दा मेलमिलापबाट निरुपण गरेको छ । चालु आर्थिक बर्षको ११ महिनामा १४७ वटा मुद्दा दर्ता हुन आएकोमा १०९ वटा मेलमिलापबाट निरुपण गरिएको उपमेयर तथा न्यायिक समिति संयोजक कविता उप्रेतीले जानकारी दिनुभयो । दर्ता हुन आएका मध्ये १५ वटा मुद्दा जिल्ला अदालत सिफारिस, १९ वटा मुद्दा प्रक्रियामा रहेको, दुबै पक्ष छलफलमा नआएपछि ४ वटा मुद्दा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक लेनदेन सम्बन्धी ३६ वटा, जग्गा किचलो २१ वटा, श्रीमान श्रीमति बीचको विवाद २१ वटा, घरेलु हिंसा सम्बन्धी १४ वटा, पारिवारीक झगडा १२ वटा, अरुको जग्गामा संरचना…