पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

काभ्रेपलाञ्चोक, असार १५- हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ रहिआएको छ । यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ । स्थानीय बूढापाकाको भनाइमा…
Read More
८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल

८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल

चितवन, असार १५ – भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो । अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटक अस्पतालको मापन भइरहेको जनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा…
Read More
चितवन,नवलपुरमा काठमाडौं युनिभर्सिटीले दियो पहिलोपटक सम्बन्धन,गैडाकोटमा एनआइटी कलेजले बिआइटी (साइन्स) पढाउने

चितवन,नवलपुरमा काठमाडौं युनिभर्सिटीले दियो पहिलोपटक सम्बन्धन,गैडाकोटमा एनआइटी कलेजले बिआइटी (साइन्स) पढाउने

चितवन,असार १४- चितवन,नवलपुर क्षेत्रमा अध्यापनका लागि काठमाडौं युनिभर्सिटी (केयु)ले पहिलोपटक सम्बन्धन दिएको छ । गैडाकोटमा रहेको एनआइटी कलेजले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी बिआइटी (साइन्स) अध्यापनका लागि केयुले सम्बन्धन दिएको हो । गैँडाकोट ५ मा यसै वर्षदेखि सञ्चालनमा आएको यस शैक्षिक संस्था एनआइटी कलेजले शैक्षिक सत्र २०२६ का लागि भर्ना औपचारिक रूपमा खुला भएको जनाएको छ । कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा, व्यवहारिक सीप, उद्योगको अनुभव र आर्थिक आत्मनिर्भरता दिलाउने उद्देश्यले यस वर्ष ‘पढ्दै कमाउँदै’ अवधारणालाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ। कलेजका प्रिन्सिपल इन्जिनियर मनोज सापकोटाका अनुसार सूचना प्रविधि क्षेत्रमा बढ्दो रोजगारीको मागलाई ध्यानमा राख्दै बीआईटी कार्यक्रम सञ्चालन गरिएको हो।…
Read More
चितवनमा मेसिनबाट धान रोपेर २३ औँ राष्ट्रिय धान दिवस मनाइँदै

चितवनमा मेसिनबाट धान रोपेर २३ औँ राष्ट्रिय धान दिवस मनाइँदै

चितवन, असार १४- चितवनमा सोमबार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहान गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३ औैँ राष्ट्रिय धान दिवस तथा रोपाइ्ँ महोत्सव मनाइने भएको छ । जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवन र खैरहनी–१०मा रहेको महिला साना किसान कृषि सहकारी संस्था संयुक्त आयोजनामा धान दिवस मनाउन लागिएको हो । महिला साना किसान कृषि सहकारी संस्थाको परिसरमा हुने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख तथा विशिष्ट व्यक्तिबाट धान रोपाइँ गरिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । कार्यक्रम भोली बिहान सात बजेदेखि सुरु…
Read More
उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यालय र चार जिपिए ल्याउने ७६ विद्यार्थी सम्मानित

उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यालय र चार जिपिए ल्याउने ७६ विद्यार्थी सम्मानित

चितवन, असार १४- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार चितवन प्याब्सनको कार्यालयमाआयोजित ‘सहजीकरण तथा सम्मान समारोह’मा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्यालय, विद्यार्थी तथा तिनका अभिभावकलाई सम्मान गरिएको हो । समारोहमा एसइई परीक्षा २०८२ मा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउने भरतपुरस्थित लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङग्लिस स्कुललाई सम्मान गरिएको थियो । त्यसैगरी, विद्यार्थी संख्या मापदण्डभन्दा कम भए पनि शतप्रतिशत नतिजा हासिल गरेका भरतपुर–१८ स्थित न्यू चित्रवन इङ्ग्लिस…
Read More
चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन, असार १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा।स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आउनुभएको छ । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ…
Read More
मानवअधिकार र सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै प्रताप डल्लाकोटी सम्मानित

मानवअधिकार र सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै प्रताप डल्लाकोटी सम्मानित

चितवन, असार १४- एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ को २९औँ वार्षिक साधारणसभाको अवसरमा युवा नेता तथा समाजसेवी प्रताप डल्लाकोटी सम्मानित भएका छन्। सन् २००४ देखि समूहको संस्थागत विकास, मानवअधिकारको संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप डल्लाकोटीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य महेश प्रसाद पौडेलले सम्मानपत्र प्रदान गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले न्याय, समानता र मानवअधिकार सुनिश्चित गर्न राज्यसँगै नागरिक समाजको सक्रिय सहभागिता आवश्यक पर्ने धारणा राखे। एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६४ की संयोजक इन्दु सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समूहले एक वर्षमा गरेका…
Read More
संसदमै प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट जवाफ दिनुपर्छः रेनुका काउचा

संसदमै प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट जवाफ दिनुपर्छः रेनुका काउचा

काठमाडौं, असार १४- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल–भारत सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले सुरुदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक–पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरिमा जोगाउनु रहेको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेसले सुरुदेखि नै निरन्तर यस संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको यहाँहरूलाई अवगत नै छ।…
Read More
प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, असार १४- प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नुहुनेछ । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री…
Read More
आज ७५ औँ मदन भण्डारी जयन्ती

आज ७५ औँ मदन भण्डारी जयन्ती

काठमाडौँ, असार १४- तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
Read More