शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो । सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताउनुभयो । “राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले…
Read More
इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता…
Read More
खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।  इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ ।  उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताएका छन् । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए ।

खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ । उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताएका छन् । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ । गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम बसेका भक्तजनहरुले बिहान कालीगण्डकी नदीमा स्नान गरेर शतबीज छर्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, बिहानैदेखि भक्तजनहरुको आगमन बढ्दै गएको छ । बाला चतुर्दशी पर्वको अवसरमा गलेश्वरधाममा परम्परागत रुपमा शतबीज छर्ने मेला लाग्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मूल समिति र विभिन्न उपसमितिमार्फत सहज रुपमा भक्तजनलाई कालीगण्डकी नदीमा स्नान गरी शतबीज छर्ने र मन्दिरमा दर्शन तथा पूजाआजा…
Read More
बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

गत कार्तिक २४ गतेबाट हराएकी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव धरानस्थित सर्दु जलाधारस्थित खोल्सामा शव फेला परेको छ । निरौला गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट हिँडेकी तर घर फर्केर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । गत कार्तिक २७ गते उनले लगाएको स्वेटर र ब्याग कोशी राजमार्ग छेउमा फेला परेको थियो । खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी…
Read More
आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए ।त्यस्तै सानो अण्डाको प्रति पेटी २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।
Read More
सुनचाँदीको मूल्य फेरि बढ्यो ,कतिमा हुदैँछ कारोबार

सुनचाँदीको मूल्य फेरि बढ्यो ,कतिमा हुदैँछ कारोबार

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
Read More
तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

हालैको वर्षाले तनहुँमा रु एक करोड बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा रु एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ बराबरको क्षति भएको छ । जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा रु चार लाख ८६ हजार, म्याग्देमा रु १४ लाख ६० हजार, आँबुखैरेनीमा रु २६ लाख ८२ हजार ९४३ र व्यास नगरपालिकामा रु ५७ लाख ४४ हजार ५९७ बराबरको क्षति भएको हो । घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक…
Read More
वाग्मतीमा पुँजीगत खर्च निराशाजनक

वाग्मतीमा पुँजीगत खर्च निराशाजनक

वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत अर्थात् रु चार अर्ब ९० करोड ३५ लाख ८६ हजार खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले…
Read More
एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् । सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत…
Read More
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताउनुभयो । भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए । भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप…
Read More