एमालेलाई झलनाथको प्रस्ताव- एउटै पार्टी बनाएर अघि बढौँ

एमालेलाई झलनाथको प्रस्ताव- एउटै पार्टी बनाएर अघि बढौँ

एमालेलाई झलनाथको प्रस्ताव- एउटै पार्टी बनाएर अघि बढौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। सुर्खेतमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै एमालेलाई पनि आफ्नो पार्टीको सिद्धान्त मानेर एकताबद्ध हुन आह्वान गरे। उनले भने, ‘म एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडि बढौँ, आउनुहोस्, तपाईँहरूको पनि बाटो यही हो। एउटा देशमा सर्वहारा श्रमिक वर्गको पार्टी एउटै हुन्छ।’
Read More
युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने

युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताउनुभएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताउनुभयो । आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उहाँले गर्नुभयो । आज प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पु¥याउनुभएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताउनुभयो । “सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन…
Read More
रञ्जीताले गरिन् ओलीको प्रशंसा

रञ्जीताले गरिन् ओलीको प्रशंसा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनमा पुगेर अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । उनले एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राष्ट्रियताको पक्षमा सदैव अग्रसर भएको भन्दै अध्यक्ष ओलीको प्रशंसा गरेकी हुन् । उनले भनिन, ‘राष्ट्रका आगामी मार्गचित्रको हेर्न राजनीतिक क्षण पनि हो। राष्ट्रिय हितको साझा सङ्कल्प बोकेर यहाँ उपस्थित भएका छौँ । नाकाबन्दीको बेला राष्ट्रियता स्वाधीनताको अडानलाई अडानलाई एमालेले लिएको भूमिकालाई प्रशंसा गर्न योग्य छ। उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति म सम्मान गर्दछु। उहाँको ढिढनाता विवेक र न्याय स्थापना गर्न पनि देखियोस् । एक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न सकिँदैन । सबैसँग सहकार्य गर्न आवश्यक…
Read More
ओली भन्छन्- अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन

ओली भन्छन्- अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताएका छन्। एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताए। जेनजी आन्दोलनपछि बनेको सरकारलाई इंगित गर्दै भने, ‘अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन।’ उनले हिंसामा विश्वास नगर्ने बताए। सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने उनको भनाइ थियो।
Read More
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ । सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ । समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, जेनजी पुस्ताका प्रतिनिधि प्रकृति ढकाललगायत सहभागी हुनुहुन्थ्यो । रासस
Read More
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति

यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ । आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन…
Read More
एमाले महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशनको तयारी पूरा

नेकपा (एमाले)ले ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनको तयारी पूरा भएको एमालेले जानकारी दिएको हो । ११औँ महाधिवेशनका निम्ति एमालेले इतिहासमै पहिलोपल्ट कलात्मक मञ्च बनाइएको जिकिर गरेको छ । आज (शुक्रबार) भक्तपुरको सल्लाघारीमा महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन समारोहमा १०८ रोपनी क्षेत्रफलको चौरमा करिब तीन लाखजनाको उपस्थिति रहने जानकारी दिए ।
Read More
आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्। उनले कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेकी हुन्। कैलाली ५ मा आरजुसहित ४ जनाको नाम सिफारिस भएको हो भने बर्दियामा उनीसहित १० जनाको नाम सिफारिस भएको हो।आरजु कैलाली ५ बाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ सालमा पनि यही क्षेत्रमा चुनाव लडेकी थिइन्।
Read More
सियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

सियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल ९क्लास ७० तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए । फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए । न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८,…
Read More
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस
Read More