१६ वर्ष नपुगेकाले अब फेसबुक, इन्स्टादेखि टिकटकसम्म चलाउन नपाउने
अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न विश्वमै पहिलो पटक पूर्ण प्रतिबन्ध लगाउँदैछ। यो कानुन डिसेम्बर १०, २०२५ बाट लागू हुनेछ। फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स, युट्युब, रेडिट, थ्रेड्स, किक र ट्विच जस्ता प्लेटफर्ममा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता राख्न वा सञ्चालन गर्न पाउने छैनन्। मेटा कम्पनी ९फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको मालिक० ले डिसेम्बर ४ देखि नै १६ वर्ष मुनिका अष्ट्रेलियाली प्रयोगकर्तालाई सूचना पठाएर खाता बन्द गर्न थालिसकेको छ। यसबाट करिब ५ लाख किशोरकिशोरी प्रभावित हुने अनुमान छ। यो कानुनको मुख्य उद्देश्य बालबालिकालाई स्क्रिनको लत र हानिकारक सामग्रीबाट जोगाउनु हो। कम्पनीहरूले बायोमेट्रिक प्रविधि, व्यवहार विश्लेषण वा सरकारी…