सरकारलाई सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रमा
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा सरकारले माग गरेको सुझावमा सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञानमा प्राप्त भएको छ । शनिबार साँझदेखि सरकारले बजेट तथा कार्यक्रममा नागरिकको प्रत्यक्ष सहभागिताका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको थियो । आइतबार विहान ११:१० बजेसम्म प्राप्त सुझावहरूमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र विज्ञानसँग जोडिएका ९०६ सुझाव छन् । हालसम्म कूल प्राप्त सुझावहरुको संख्या ४ हजार ८५२ छ । त्यसमध्ये एक हजार ६४३ बजेट र दुई हजार ३३१ नीति सम्बन्धी छ । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नागरिकका सुझाव समेट्नका लागि…