बाढीपहिरोले १६ सय खानेपानी आयोजनामा क्षति
काठमाडौं, २२ असोज । हालै आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान खानेपानी मन्त्रालयले गरेको छ । ११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६ सय १६ आयोजनामा क्षति पुगेको र २५ लाख जनसंख्यालाई प्रत्यक्ष रूपमा असर परेको खानेपानी मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ । यस्तै ५८ जिल्लाका ५ लाख घरधुरी प्रभावित भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरी लगायत जिल्लामा धेरै क्षति पुगेको छ । उनका अनुसार…