सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित
चितवन , साउन २१– झमझम परिरहेको पानी । कसैले शरीरमा प्लास्टिक बेरेका छन् त कसैले बोरा ओढेर ओत लाग्ने प्रयास गरिरहेका छन् । साथमा छन् पोकापन्तुरा । बच्चादेखि वृद्धसम्म । १० दिनदेखि सडकको तातो र चिसो नभनी हिँडिरहेका यी गोडाहरू सुन्निएका छन्, कतिपयका पैतालामा घाउ लागेर रगत जमेको छ । तर, शरीरको दुखाइभन्दा ऋणको बोझले थिचिएको मनको पीडा निकै गहिरो छ। यो दृश्य हो, लघुवित्त र मिटरब्याजको चक्रव्यूहमा फसेका पीडितहरूको, जो ‘नागरिक बचाउ महाअभियानु अन्तर्गत सर्लाहीको हरिवनबाट पैदल यात्रा सुरु गरेर १० औँ दिनमा आज चितवन आइपुगेका छन् । उनीहरूको गन्तव्य एउटै छ— संघीय राजधानी काठमाडौँ र माग पनि एउटै…