चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्याली निकालिँदै, सहभागि हुन सबैमा अपिल
भरतपुर, साउन १५- चितवनमा आज बेलुका साढे ४ बजे बृहत सद्भाव र्याली निकालिँदै छ । सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको अवस्थामा चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकता कायम गर्न र्याली निकाल्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा निकालिने र्यालीमा विभिन्न राजनीतिक दल, सामाजिक एवम् धार्मिक संघसंस्था लगायतको सहभागीता रहने बताइएको छ । र्यालीमा सहभागी हुन सबैलाई अपिल पनि गरिएको छ । त्यसअघि आजै जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक एवम् धार्मिक संघसंस्थाका प्रतिनिधिसँग प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफल गर्दै छन् । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न यी कार्यक्रम गर्न लागिएको हो । विश्व…