रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र
भरतपुर, भदौ २० – रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले तीव्रता दिएको छ । भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नारायणी नदीको तटीय क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । नदीको जलसतह घट्दै गएसँगै किनार तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न थालेपछि रेडक्रसले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्वयंसेवक परिचालन गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ । बाढी आएको दिनदेखि हालसम्म नदी किनार तथा शव होल्डिङ सेन्टरमा…