सांसद ज्वालाको प्रश्न – नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?
काठमाडौँ, भदौ ८– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिका हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । प्रहरी हिरासतमा अभियुक्तले दिएको बयानको भिडियो बाहिरिएपछि सांसद संग्रौलाले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेकी हुन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नाबालिकाको हत्यासँग जोडिएको गम्भीर तथा क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत संवेदनशील हुनुपर्ने बताएकी छन्। ‘नाबालिकाको हत्याराले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?’ भन्दै उनले प्रहरी अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री बाहिरिनु गम्भीर विषय भएको उल्लेख गरेकी छन्। संग्रौलाले उक्त भिडियो…