एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ । कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ । घरेलु मैदानमै फ्लडलाइट पहिलोपटक प्रतियोगिता भएको हो । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए । एनपिएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन् । उनीहरुका लागि सुखद्…