रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी
काठमाडौं, असार १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम।टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नेछन् । उनले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिएका छन। ‘नयाँ…