चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
चितवन, जेठ २२- चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो । यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना गरिएका क्षेत्रमा करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो । निकुञ्जको चुरे क्षेत्र…