भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं
भरतपुर,असोज ४- भरतपुरको सौन्दर्य बिगार्नेगरी सडकैभरी एक्सट्रिमका विज्ञापन बोर्ड राखिएको छ । महानगरले भने मापदण्ड विपरित भएकाले त्यस्ता बोर्ड हटाउने बताएको छ । स्थानीय विज्ञापनदातालाई आफ्नो विज्ञापन राख्न खोज्दा सहरको सौन्दर्य बिग्रिने भन्दै कर तिरेर राखिसकेको विज्ञापन बोर्ड समेत च्यात्दै हिँड्ने महानगरले पहुँच र चलखेलका आधारमा एक्स्ट्रिमको बिज्ञापन बोर्ड राख्नेलाई मनपरी गर्न छुट दिएको छ । यतिसम्म कि ट्राफिक लाइट राख्न गाडिएका पोलमा समेत एक्स्ट्रिमले बिज्ञापन बोर्ड झुण्डाएर सहर कुरुप बनाएको छ । विद्युत प्राधिकरणले राखेको पोलमा महानगरका कर्मचारीले एक्स्ट्रिमलाई मनपरी गर्न दिएका हुन् । मनपरी गर्न दिँदा लाखौँ रुपैयाँको चलखेल भएको आशंका गरिएको छ । चितवनको भरतपुर र नारायणगढ…