Day: ३ आश्विन २०८३, शनिबार १४:५६

चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन, असोज ३- चितवन राष्ट्रिय निकुञ्जको बिसहजारी तालनजिक मृत अवस्थामा भेटिएको रोनाल्डो हात्ती करेन्ट लागेर मृत्यु भएको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा घटनास्थलमै हात्तीको मृत्यु भएको हो । ‘आर्मीको वरण्डाभार पोष्टमा करिव १७ फिट माथिबाट विद्युतको कालो तार लागिएको थियो । त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागको देखिन्छ,’ सूचना अधिकारी थापामगरले भने,‘कालो तार हात्तीको मुखमा नै थियो ।’ उनका अनुसार हात्ती सडकमा नै मरेको अवस्थामा फेला परेको हो । हात्ती हिजो राति मरेको उनको अनुमान छ । हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोष्ट सात सय…
Read More
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन, असोज ३ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। रोनाल्डो आज बिहान बरन्डाभार क्षेत्रमा मृत फेला परेको हो। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण खुल्ने जनाइएको छ।
Read More