Day: २५ भाद्र २०८३, बिहीबार १८:१३

रोटरीले बनाइदिएको पिउने पानी परियोजना बालकुमारी माविलाई हस्तान्तरण

रोटरीले बनाइदिएको पिउने पानी परियोजना बालकुमारी माविलाई हस्तान्तरण

भरतपुर, भदौ २५- नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले आज एक कार्यक्रम बिच रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर प्रोफेसर डाक्टर ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा संयुक्तरूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजनाको हस्तान्तरण गरिएकोछ । कार्यक्रम क्लबका अध्यक्ष रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यालयमा विद्यार्थी एवम् शिक्षक तथा कर्मचारीहरूलाई शुद्ध खानेपानी व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोगहरू उपलब्ध गराउने अध्यक्ष गजुरेलले बताए । कार्यक्रममा मन्तव्य दिँदै ढकालले डिष्ट्रिक्टको लक्ष्य अनुरुप नारायणगढ रोटरी क्लबले विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान पु¥याएकोमा खुसी हुँदै आभार व्यक्त गरे ।…
Read More
चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै

चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै

चितवन, भदौ २५– एमएडब्ल्यू वृद्धि अटोकोर्प प्रा.लि.अन्तर्गत चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले आगामी साता चितवनमा नयाँ नेभो Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। चाङ्गानको नयाँ ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको नेभो ले नेपालमा इलेक्ट्रिक एसयूभी अनुभवलाई अझ नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालमा चाङ्गानको प्रिमियम, स्टाइलिश तथा प्रविधिमैत्री इलेक्ट्रिक मोबिलिटीको प्रतिनिधित्व गर्दै आएको दीपलसँगै NEVO Q05 ले नेपाली ग्राहकका लागि कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ NEVO Q05 ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि…
Read More
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने

सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने

काठमाडौं , भदौ २५- सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३…
Read More
चितवनमा तरकारीको विषादी परीक्षण बढाइँदै

चितवनमा तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन, भदौ २५- किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो । यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो । सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी…
Read More
भरतपुर अस्पतालसहित १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउने स्वास्थ्यमन्त्रीको निर्णय

भरतपुर अस्पतालसहित १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउने स्वास्थ्यमन्त्रीको निर्णय

चितवन, भदौ २५- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी चितवनको भरतपुर अस्पतालसहित देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने निर्णय गरेकी छन् । विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाइ र पछिल्लो भोटेकोशी बाढीमा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको मेहताले बताइन् । विपद् व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ। मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको तथा मेडिको–लिगलसम्बन्धी कार्यलाई समेत…
Read More
चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

चितवन, भदौ २५- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। रत्ननगर नगरपालिका-३ स्थित पुरानो यमाहा सोरुम अगाडि बिहीबार बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटरमा पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका-७ का ३८ वर्षीय प्रितम मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारकै क्रममा बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।…
Read More
सुनको मूल्य आज ३ हजार ४ सयले बढ्यो

सुनको मूल्य आज ३ हजार ४ सयले बढ्यो

काठमाडौँ, भदौ २५- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) ३ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला ३ हजार ४ सयले बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।
Read More
कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

चितवन, भदौ २५ – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो ।नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी एक हजार २१३ सिलिन्डर, नेपाल ग्यास एक हजार ६७८ सिलिन्डर, गीता १४० सिलिन्डर र सागर एक हजार ५१२ सिलिन्डर छन् । यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरी काठमाडौँ पठाइको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल…
Read More